फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

  • Published Date : 2021-07-02
  • nepaltale.com

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५ सय बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।