एमाले केन्द्रीय कमिटी बैठक सुरु, को-को छन् सहभागी ?

  • प्रकाशित मिति : २०७८ असार १८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै बैठक सुरु भएको हो। बैठकमा उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएका छन्। त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।



माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् ।

तर बुधबार बसेको स्थायी कमिटीले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो। नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।