प्रतिनिधिसभा विघटन मुद्धा : सरकारी पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार

  • Published Date : 2021-07-02
  • nepaltale.com

काठमाडौं। प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । शुक्रबार संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट ११ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस हुनेछ । प्रधानमन्त्रीको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ताहरू रमेश गुरागाईं, विष्णुमणी अधिकारी, ईश्वरीप्रसाद भट्टराई, अधिवक्ताहरू भोजराज आचार्य, बाबुराम दाहाल, सिपी रेग्मी, बलबहादुर राई, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, अनन्त लुईँटेल र लोकनाथ खरेलले बहस गरेका छन् ।



असार १६ मा प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए । यस्तै, वैशाख १७ मा वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका थिए ।

इजलासले सभामुख तर्फबाट कानुन व्यवसायीलाई दुई घण्टाको समय तोकेको छ ।