एमाले केन्द्रीय कमिटीले के-के निर्णय गर्‍यो ?

  • Published Date : २०७८ असार १९, शनिबार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नविकरण सक्ने निर्णय गरेको छ। बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नविकरण सक्न र साउन गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो।

पार्टी नविकरणसम्बन्धी फारम एमालेले यसअघि नै कार्यकर्ताहरुलाई पठाइसकेको छ । यस्तै पार्टीको विधान महाधिवेशन आउँदो साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि भएको छ।



विधान महाधिवशेनका लागि अध्यक्ष एवम् पार्टी अध्यक्षले ओलीले राजनीतिक प्रतिबेदन लेख्ने जिम्मेवारी पाएका छन् । महासचिव ईश्वर पोखरेललाई सांगठिनक, उपमहासचिव विष्णु पौडेललाई विधान संसोधन र निमार्ण तथा नेता रामबहादुर थापालाई व्यवस्थापनको जिम्मा लिइएको छ । बैठकले आउँदो भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।