सुनको मूल्य आज प्रतितोला २ सयले बढ्यो

  • प्रकाशित मिति : २०७८ असार २०, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला २ सयले बढेको छ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ५ सय मूल्य निर्धारण भएको छ।



यस्तै तेजाबी सुन आजका लागि ९१ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार ३२५ मा कारोबार भइरहेको छ।