राजदूत खतिवडालाई थपियो अर्को जिम्मेवारी (पत्रसहित)

  • Published Date : 2021-07-05
  • nepaltale.com

काठमाडौं । अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।



राष्ट्रपति भण्डारीले यसअघि पनि असार ७ गते राजदूत डा. खतिवडालाई कोस्टारिकाका लागि गैरआवासीय राजदूतमा समेत नियुक्त गरेका हुन् ।