कति छ आज सुनको मुल्य ?

  • Published Date : 2021-07-06
  • nepaltale.com

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सयले बढेर तोलामा ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमाबार छापावाला सुन तोलाको ९१ हजार ५ सयमा कारोबार भएको थियो ।



त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।