जापान, अष्ट्रेलियासहित यी पाँच देशमा जाने विद्यार्थीलाई शिक्षा मन्त्रालयले एनओसी दिने

  • Published Date : 2021-07-06
  • nepaltale.com

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न पाँच मुलुकमा जान चाहने विद्यार्थीलाई प्रदान गर्ने स्थगित गरिएको विदेश अध्ययन अनुमतिपत्र जारी गर्ने भएको छ ।

मन्त्रालयले सूचना प्रकाशित गर्दै नेपालबाट जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, चीन र वंगलादेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई एनओसी प्रदान गर्ने जनाएको हो ।



यी देशमा अध्ययनका लागि जान सिमा नाका खुलि नसकेको भएपनि शिक्षा मन्त्रालयको एनओसी शाखाले प्रक्रियामा रहेका विद्यार्थीलाई एनओसी प्रदान गर्ने भएको हो । सरकाले यी देशमा दुईतर्फी उडानको तयारी गरिरहेकाले एनओसी प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।