विप्लव समुहका नेता चुडामणि सहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

  • Published Date : 2021-07-06
  • nepaltale.com

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’सहित १४ जना रिहा भएका छन्।

सर्वोच्च अदालतमा दायर भएको बन्दि प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै अदालतले गैर कानुनी थुनामा रहेका उनीहरुलाई रिहा गर्न आदेश दिएको हो।



सर्वोच्चको आदेशपछि हाल बाजुरा जेलमा रहेका नेता वली सहित १४ जना रिहा भएका छन्।

सरकारले विप्लव नेतृत्वको नेकपासँग तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता यसअघि नै रिहा गर्ने भनिएको थियो। तर हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज यस्तो आदेश दिएको हो।