पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासमा पनि २५ रुपैयाँ बढ्यो

  • प्रकाशित मिति : २०७८ असार २२, मंगलवार
  • nepaltale.com

काठमाडौं। सरकारले पेट्रोल डिजल र मट्टितेलको मूल्य बढाएको छ।

नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागूहुनेगरि मूल्य बढाएको हो।

यसअघि समायोजन भएको १३ दिनमै मूल्य बढेको हो।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

त्यस्तै हवाई इन्धन (आन्तरिक उडानतर्फ)को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ।

त्यस्तै अन्तराष्ट्रिय हवाई तर्फ इन्धन प्रति किलो लिटर अमेरिकी डलर ७५४ रुपैयाँ पुगेको छ।

विज्ञप्तिअनुसार एलपी ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर १४२५ पुर्याइएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।