तीन कोइराला एक ठाउँ कि तीन तिर ?

  • Published Date : 2021-07-08
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसमा तीन जना कोइराला नेता नेतृ एक ठाउँमा उभिन्छन् कि तीनतिर लाग्छन् भन्ने चर्चा चलेको छ।

शेखर, शशांक र सुजाता कोइरालाले फरक–फरक प्रकारका भेटमा आफूलाई सभापतिको दाबेदारी गरेपछि एक ठाउँमा नउभिने अड्कल गरे पनि त्यो गलत हुने बताइन्छ।



सभापति शेरबहादुर देउवालाई गलाउनका निम्ति तथा बरिष्ठ नेता रामचन्द्र पौडेलको विकल्पका निम्ति तीनै जनाले विविध पक्षसँग कांग्रेस नेतृत्वका लागि लविङ गरेका हुन्।शेखरले कुनै पनि हालतमा सभापति नछाड्ने उनलाई शशांक र सुजाताले सघाउने बताइएको छ।

६ महिना अघि मात्र तीनै जनाले कोइराला परिवार नै अब कांग्रेस नेतृत्वमा उदाउने दाबी गरेका थिए। ‘हामी मध्ये एक जना सभापतिका उम्मेदवार हुनेछौं’, तीनै जनाले भनेका थिए। महाधिवेशनमा निर्विकल्प चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। देउवा पनि सभापतिमा लड्ने अभियानमा रहेका कारण कोइराला परिवारलाई सहज नभएको विश्लेषण गरिएको छ।

तर तीनै जना एक ठाउँमा उभिए देउवाइतर समूह बलियो हुने अनुमान गरिएको छ। देउवाले भने कोइराला र विमलेन्द्र निधि पक्षलाई कमजोर बनाउनका निम्ति बिजयकुमार गच्छादार र सुनिलबहादुर थापालाई काखी च्यापेका छन्।