नेपाली बजारमा आज प्रतितोला कति छ सुनचाँदी ?

  • प्रकाशित मिति : २०७८ असार २४, बिहीबार
  • nepaltale.com

काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहीबार प्रतितोलामा १ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।