देउवाले भोलि नै सानो मन्त्रिपरिषद् गठन गर्ने

  • Published Date : 2021-07-12
  • nepaltale.com

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूह सहित विपक्षी ५ दलीय गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गरेको छ।

सर्वोच्च अदालतको फैसलापछि एमाले नेता माधव नेपालको निवास कोटेश्वरमा बसेको बैठकले संयुक्त सरकार बनाउने निर्णय गरेको हो।



सरकारलाई सर्वदलीय स्वरुप दिन प्रयत्नरत रहने नेताहरुको भनाइ छ। गठबन्धनको बैठकले भोलि नै देउवा नेतृत्वमा सानो मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको हो।

देउवाको सचिवालयका अनुसार भोलि साँझ ५ बजे नै उनले प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ।