भारतमा थप २७ हजार संक्रमित, ४९५ संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७८ असार २९, मंगलवार
  • nepaltale.com

काठमाडौं। भारतमा थप २७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४०४ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ९ लाख १ हजार ३११ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३९ हजार ५६३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ४९५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ९ हजार २८७ पुगेको छ ।