काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेश अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज दिउँसो प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यससंगै देउवा ५ औ पटक प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री नियुक्त भएसंगै राष्ट्रपति कार्यालयले उनको सपथको लागि तयारी गरिरहेको छ । सर्वोच्चको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपति कार्यालयले सोहि अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको हो ।
देउवाले आज नै सानो आकारको मन्त्रिमण्डल पनि बनाउने तयारी गरेका छन्। देउवालाई माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको समर्थन छ।
हालको प्रधानमन्त्री केपी ओलीले आज २ बसे देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारी गरेका छन् ।