काठमाडौं । प्रधानमन्त्री नियुक्त हुने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठतर्फ जाने सडक धमाधम मर्मत थालिएको छ ।
काठमाडौंमा झमझम पानी परिरहेका बेला महाराजगञ्जबाट बूढानीलकण्ठ जाने सडकका खाल्डाखुल्डी पिच गरेर टाल्न थालिएको हो ।
आजै बिहान ६ बजे धुलाम्य सडकमा पानी खन्याइएको थियो । अहिले पानी परिरहेका बेला सडकमा जाम गराएर ठाउँ ठाउँमा पीच भइरहेको दृष्य देखिएको छ ।
देउवा निवास महाराजगञ्जबाट चार किलोमिटर दूरीमा पर्छ । यो सडकको अधिकांश भाग बिग्रेको अवस्थामा छ ।