तयारी नपुगेको कारण भोली बिहान बालकोट सर्दै ओलि

  • Published Date : 2021-07-13
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान मात्रै बालुवाटारबाट सर्ने भएका छन्। यसअघि प्रधानमन्त्री ओली मंगलबार नै भक्तपुरको बालकोटस्थित निवास सर्ने समाचारहरु आएका थिए।

‘यो अचानकको अवस्थामा हो। तयारी नपुगेको कारण भोली बिहान ११ बजेमा मात्रै निवास सर्नुहुनेछ’ , प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने।



देशवासीको नाममा सम्बोधनको कारण प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आजका लागि आह्वान गरेको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक समेत स्थगित गरिएको एमालेले जनाएको छ।

यस्तै प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ ६ बजे शपथ गर्ने भएका छन्।प्रधानमन्त्रीको रुपमा देउवालाई आज ६ बजे शपथ गराउने राष्ट्रपति विद्यदेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

सोमबार सर्वोच्च अदालतले आज ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। ५ बजे अघि नै प्रधानमन्त्रीमा नियुक्त गरेर साँझ ६ बजे शपथ गराउनेगरी राष्ट्रपति कार्यालयले तयारी गरेको हो।