माधव नेपाललाई प्रश्न- तपाई अब एकता रोज्ने कि विभाजन ?

  • Published Date : 2021-07-13
  • nepaltale.com

काठमाडौं। नेकपा एकता कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता वा विभाजन मध्ये एक रोज्न सुझाव दिएका छन् ।

नेपाल निवास कोटेश्वरमै पुगेर कार्यदलका संयोजक सुवास नेम्बाङ र विष्णु पौडेलले अब पनि विवाद बढाए विभाजनमा पुग्नुको विकल्प नभएको बताएका थिए ।



पार्टी एकताका लागि १० बुँदे सहमतिको मस्यौदा बुझाउने क्रममा दुई नेताले सो सुझाव दिएका हुन् ।

माधव नेपालसहित २३ जना सांसदकाे हस्ताक्षरकै कारण काँग्रेस सभापति देउवा आज मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारलाई ढाल्नकै लागि नेपालको नेतृत्वमा हस्ताक्षर भएको थियो ।