देउवाको शपथ ग्रहण कार्यक्रममा को – को पुगे ?

  • Published Date : 2021-07-13
  • nepaltale.com

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् ।

​साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।



राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्चाएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको शपथ लिन शीलनिवास पुगेका हुन् । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन पुगिसकेका छन्।

सपथ ग्रहण कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेताहरू शीतलनिवास पुगिसकेका छन्।

निवर्तमान प्रधानमन्त्री केपी ओली भने शीतलनिवास अझै पुगेका छैनन् सोहि कारण पनि शपथ ग्रहण कार्यक्रममा ढिलाइ हुन पुगेको छ।

यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित छैनन्।