प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

  • प्रकाशित मिति : २०७८ असार ३१, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज बिहीबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगयातका विषयमा निर्णय गर्ने बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।



सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै साउन ३ भित्र प्रतिनिधि सभाको बैठक राख्न आदेश दिएको थियो। त्यही आधारमा मन्त्रीपरिषद्ले अधिवेशन आह्वान गर्न लागेको हो।

‘बैठकमा कोरोना संक्रमण नियन्त्रण, अघिल्लो सरकारले गरेका कतिपय असंवैधानिक निर्णयका विषयमासमेत छलफल गर्ने संभावना छ,’ ती मन्त्रीले भने। बैठक दिउँसो १२ बजेपछि बस्ने छ।