प्रधानमन्त्री देउवा ज्योतिषीहरूको परामर्शमा भोलि बालुवाटार सर्ने

  • Published Date : 2021-07-15
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भोली (शुक्रबार) सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा भोलि बुढानिलकण्ठबाट बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्न लागेका हुन्। देउवा निकट नेता मीन विश्वकर्माले प्रधानमन्त्री शुक्रबार सरकारी निवासमा सर्ने जानकारी दिए।



उनी आफ्नो ज्योतिषीहरूको परामर्शमा भोलि शुक्रबार बालुवाटार सर्न लागेका हुन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए।

शपथ लिएपछि उनी बुढानीलकण्ठस्थित निवासमै बस्दै आएका छन्।