सकियो एमाले स्थायी कमिटी बैठक, के-के भयो निर्णय ?

  • Published Date : 2021-07-16
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो । ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकले नेकपा एमाले कार्यदल विघटन गरेको छ ।

पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको विघटन गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।



शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहण गर्दै कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन गरेको हो ।

ज्ञवालीले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय भएको समेत बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

त्यस्तै बैठकले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने निर्णय गरेको छ।

हामीमाथि अन्याय भयो तर अन्याय भए पनि फैसला कार्यान्वयन गर्छाैं,’ उनले भने, ‘अब हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं।’ ‘हामीमाथि अन्याय भयो तर अन्याय भए पनि फैसला कार्यान्वयन गर्छाैं,’ उनले भने, ‘अब हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं।