पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ हजार ३ सय ९४ जना नयाँ संक्रमित

  • प्रकाशित मिति : २०७७ बैशाख २०, शनिबार
  • nepaltale.com

भारतमा कोरोना भाइरसको संक्रमण झनै बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ हजार ३ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । यो एकै दिन भारतमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च हो।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र भारतमा कोरोना भाइरसबाट ६९ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २३ पुगेको छ भने ३७ हजार २ सय ५७ जना संक्रमित भएका छन्।

जसमध्ये अहिलेसम्म १० हजार ७ जनाको उपचार सफल भएका छ भने २६ हजार २७ जना एक्टिभ एक्टिभ केसको उपचार भइरहेको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ भने ९४ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय ७० पुगेको छ भने ३४ लाख २ सय ७८ जना संक्रमित भएका छन्।