कांग्रेस संसदीय दलको बैठक बस्दै ,के होला अबको रणनीति?

  • प्रकाशित मिति : २०७८ श्रावण ३, आईतवार
  • nepaltale.com

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। दलको बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जानकारी दिएको छ।

आइतबार नै पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन बोलाइएको छ। प्रतिनिधि सभा बैठक दिउँसो ४ बजे सुरु हुनेछ। राष्ट्रिय सभाको अधिवेशन पनि आइतबार ४ बजे नै सुरु हुनेछ। कांग्रेसले संसद् बैठकअघि संसदीय दलको बैठक बोलाएको हो।

बैठकमा संसद्‌मा प्रस्तुत हुने रणनीति र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि पुनर्स्थापना गरेको थियो भने साउन ३ गते ५ बजेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन भनेको थियो।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। जसअनुसार देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठले गरेको सिफारिसका आधारमा राष्ट्रपतिको आह्वानपछि आइतबार संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्न लागेको हो।