विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने भन्दै धम्की पठाउनेको खोजी सुरु

  • Published Date : 2021-07-22
  • nepaltale.com

काठमाडौं। विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताए।



‘भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ,’ उनले भने, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन। यो त भाइबरमा आएको फेक धम्की हो। प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ।’