प्रधानमन्त्री देउवाले बोलाए पदाधिकारी बैठक, के-के छन् एजेन्डा ?

  • Published Date : 2021-07-23
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पार्टी पदाधिकारी बैठक बोलाएका छन्। नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान ९ बजे निजी निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा आसन्न १४औँ महाधिवेशन तयारी तथा अन्य समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ।



यसैबीच, सत्तारुढ नेपाली कांग्रेसले अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि बैठक नराख्ने भएको छ।

यसअघि पार्टी प्रमुख प्रधानमन्त्री बन्दा उसका प्रायस् बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरेका थिए। कांग्रेसले पनि हालै बालुवाटारमा पदाधिकारी बैठक गरेको थियो।

यो गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसका कुनैपनि बैठक बालुवाटारमा नराखिने महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन्।