सकियो कांग्रेस पदाधिकारी बैठक, के-के गर्यो निर्णय ?

  • Published Date : 2021-07-23
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति परिवर्तन नहुने गरी कार्यतालिका संशोधन गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बूढानीलकण्ठमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।



बैठकले पार्टीको क्रियाशील छानबिन समितिलाई सदस्यता टुंगो लगाउने समय १० गतेसम्म थप गरिदिएको छ ।

त्यसैगरी धर्नामा बसेका पार्टीका नेता तथा कार्यकर्ताको माग सम्बोधनका विषयमा विकल्पसहितको प्रस्ताव ल्याउन सभापति देउवाले आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै कांग्रेसले सत्ता र पार्टीका विषयमा लगातार प्रश्न उठाउन आग्रह गरेको छ । बैठकपछि प्रवक्ता शर्माले पत्रकारहरुसँग कुरा गर्दै भने, “बालुवाटारमा भएको बैठकका बारेमा प्रश्न उठेपछि हामीले सुधार गरेका छौँ । प्रश्न उठाइदिनुभएकोमा यहाँहरुलाई धन्यवाद । अब सत्ता र कांग्रेसका विषयमा प्रश्न उठाउँदै गर्नुस् । प्रश्नको सुनुवाइ हुनेछ ।”