कुलमानलाई विद्युत प्राधिकरणको सिइओमा नियुक्त गर्न देउवाको निर्देशन

  • Published Date : २०७८ श्रावण १९, मंगलवार
  • nepaltale.com

काठमाडौं। यसअघिका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा निरन्तरता दिन नचाहेका तत्कालिन सिइओ कुलमान घिसिङलाई प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले फेरि नियुक्त गर्ने तयारी गरेको छ।

मंगलबार प्रधानमन्त्री देउवाले उर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन।



देउवाको निर्देशनपछि ऊर्जामन्त्री भुसालले हालका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग राजीनामा माग्ने तयारी गरेकी छन।

हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन्। मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन्।

त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।