उपराष्ट्रपति पुनसँग प्रधानसेनापति थापाको बिदाई भेट

  • Published Date : २०७८ श्रावण १९, मंगलवार
  • nepaltale.com

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले उपराष्ट्रपति नन्दबहादुर पुनसँग विदाई भेट गरेका छन्।

भदौ २४ गते देखि सेवानिवृत्त हुन लागेका प्रधानसेनापति थापाले बिहान उपराष्ट्रपतिको सरकारी निवास पुगेर बिदाई भेट गरेका हुन्।



भेटमा थापाले आफ्ना उत्तारीधिकारी प्रशुराम शर्मालाई पनि लिएर गएका थिए।

सेवानिवृत्त हुनुअघि थापा एकमहिना पहिले अर्थात यही साउन २५ गतेबाट विदामा बस्दैछन् भने शर्मा साउन २६ गतेदेखि लागू हुने गरि कायममुकायम प्रधानसेनापति नियुक्त भएका छन्।

भेटका क्रममा उपराष्ट्रपति पुनले प्रधानसेनापति थापालाई सानदारपूर्वक आफ्नो कार्यकाल पूरा गरेकामा बाधाई दिएका थिए।

उपराष्ट्रपति पुनले भेटमा भनेका थिए,“नेपाली सेनालाई लोकतान्त्रिकरण र आधुनिकिरणमा यहाँको योगदान अतुलनीय छ।”

साथै नेपाली सेनाको प्रधानसेनापति हुन लागेकोमा बलाधिकृत रथी शर्मालाईपनि उपराष्ट्रपति पुनले अग्रिम शुभकामना दिएको उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव शरद रोकाले जानकारी दिएका छन्।

थापाको समय सकिएपछि शर्माले भदौं २५ गतेबाट प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।