कांग्रेसको पदाधिकारी बैठक बस्दै, यी बिषयमा हुँदैछ छलफल

  • Published Date : २०७८ श्रावण २०, बुधबार
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दिउँसो ३ बजे बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहनेछ।

आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने बताइएको छ।



यसअघि क्रियाशील सदस्यता छानविन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शीर्षतहलाई दिँदै प्रतिवेदन बुझाएको थियो। पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन सकेको छैन।

यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विवादका बीच थपिएको क्रियाशील सदस्यसंख्या स्वीकार गर्न नसकिने बताएको छ।