एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै, के गर्ला नेपाल समूह?

  • Published Date : २०७८ श्रावण २५, सोमबार
  • nepaltale.com

काठमाडौं। नेकपा (एमाले)ले आज स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

तुलसीलाल स्मृति प्रतिष्ठानको भवन, च्यासलमा बैठक बस्नेछ। यसअघि हिजोका लागि तय गरिएको बैठक असन्तुष्ट पक्षलाई सहभागी गराउने प्रयत्न गर्ने भन्दै आजका लागि सारिएको थियो।



एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने बैठक रोक्न माग गरेको छ। बैठक नरोके एकता प्रक्रिया प्रभावित हुने नेपाल पक्षको चेतावनी छ। बिहीबार र शुक्रबार सम्पन्न नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले हिजोको बैठक रोक्न औपचारिक रुपमै आग्रह गरेको थियो।

आजको बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव तामाङले बताए। बैठकमा नेपाल पक्ष सहभागी हुने सम्भावना भने निकै कम रहेको छ।