कर्मचारीको बढेकाे तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय (कसको कति ?)

  • Published Date : २०७८ श्रावण २६, मंगलवार
  • nepaltale.com

काठमाडौं। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ।

बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो।



यस्तै, बैठकले परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरी परराष्ट्र सेवाअन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।