मुख्यमन्त्री शंकर पोखरेल राजीनामा पत्र बोकेर प्रदेश प्रमुख भेट्न पुगे, बिपक्षमा ४१ सांसद

  • Published Date : २०७८ श्रावण २७, बुधबार
  • nepaltale.com

काठमाडौं। मुख्यमन्त्री शंकर पोखरेल राजीनामा पत्र बोकेर प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेशप्रमुखको कार्यालय गएका छन्।
आज अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल हुँदै छ।

प्रदेशसभा बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेल प्रदेशप्रमुखलाई भेट्न गएका हुन्। नेकपा एमाले लुम्बिनी प्रदेशका सांसदहरूका अनुसार उनी राजीनामा बुझाउन त्यसतर्फ गएका हुन्।



पोखरेलले लुम्बिनी प्रदेशसभामा विश्वास गुमाइसकेका छन्। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन लिएर ४१ प्रदेशसभा सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

उनीहरूले मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव गरेका छन्। प्रदेशसभा हलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने ४१ जना सांसद नै पुगिसकेका छन्।