कांग्रेस प्रवेश गर्नेको लर्को, पूर्वउपमेयरसहित एक दर्जन बढि कांग्रेस तिर लागे

  • Published Date : २०७८ भाद्र १२, शनिबार
  • nepaltale.com

पोखरा। पोखराका अग्रज पर्यटन व्यवसायी तथा पोखरा महानगरपालिकाका पूर्वउपमेयर गणेशबहादुर भट्टराईसहितका केही व्यवसायीहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार गणेशबहादुरसहितका व्यवसायीहरुलाई पार्टी प्रवेश गराएका हुन्।



कांग्रेस प्रवेश गर्नेहरुमा गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई,व्यवसायी धर्मेन्द्रकुमार बाटाजु,अशोककुमार भण्डारी, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अभित थापा, जीवन भट्टराई, सरोज भट्टराई, इञ्जिनियर विकास भट्टराई र इञ्जिनियर विशेष थापा रहेका छन्।

गणेशबहादुर भट्टराईसहितका यी व्यवसायीहरु यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी निकट थिए।

गणेशबहादुर नेपाल पर्यटन बोर्डका पूर्वसदस्य, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष, रेवान पोखराका संस्थापक अध्यक्ष तथा नेपाललाई अन्तर्राष्ट्रिय मेडल दिलाउने बक्सरसमेत हुन्।

२०६३ सालको राजनीतिक परिवर्तनपछि उनी राजनीतिमा निष्कृय तथा सामाजिक कार्यमा बढी क्रियाशील थिए। सामाजिक कार्यकर्ताको छवि बनाएका भट्टराईको कांग्रेस प्रवेशलाई आउँदो चुनावमा पोखराको मेयरको उम्मेदवारको रुपमा पनि हेरिएको छ।