काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा

  • Published Date : २०७८ भाद्र १२, शनिबार
  • nepaltale.com

काठमाडौँ। अफगानिस्तान छोड्न चाहने सर्वसाधारणलाई अगष्ट अन्तिमसम्म नै उद्धार जारी राख्ने अमेरिकाले जनाएको छ ।

उद्धार जारी रहँदा काबुल विमानस्थलमा १७० जनाको ज्यान जाने गरी भएको बिस्फोटकाबीच अमेरिकाले उद्धार जारी राख्ने घोषणा गरेको हो ।



अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको उच्च जोखिम रहे पनि उद्धार नरोक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । नेटोमा आबद्ध अधिकांश देशहरुले भने उडानहरु बन्द गरिसकेका छन् ।

अहिलेसम्म एक लाख ११ हजारभन्दा बढीलाई अफगानिस्तानबाट उद्धार गरिसकिको अमेरिकाले जनाएको छ ।

अमेरिकाले आफ्ना सैनिक फिर्तीका लागि तय गरेको समय सीमा अगस्ट ३१ मा सकिँदै छ । अहिले काबुल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा छ ।