गृह मन्त्रालयले गर्यो १२ सिडियोको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

  • Published Date : २०७८ भाद्र ३१, बिहीबार
  • nepaltale.com

काठमाडौं। गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ सहसचिव र उपसचिवको सरुवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार उनीहरुको काज सरुवा गरिएको हो।



गृहको निर्णयअनुसार ललितपुरमा घनश्याम उपाध्याय, भक्तपुरमा रुद्रादेवी शर्मा, गुल्मीमा पुण्य विक्रम पौडेल र गोरखामा शंकरहरि आचार्यलाई सरुवा गरिएको छ।

यस्तै, मोरङमा काशिराज दाहाल, रामेछापमा दीपककुमार पहाडी, संखुवासभामा नुरहरि खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आस्मान तामाङ, धादिङमा कृष्णप्रसाद लम्साल, उदयपुरमा वीरेन्द्रकुमार यादव र रुपन्देहीमा ऋषिराम तिवारीलाई काज सरुवा गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, संखुवासभाका टेकनाराण पौडेल, दोलखाका बासुदेव घिमिरे र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीको भने गत हप्ता सरुवा गरिएको थियो।