आज सुनचाँदी दुवै मूल्यमा तीब्र गिरावट

  • Published Date : २०७८ आश्विन १, शुक्रबार
  • nepaltale.com

काठमाडौं। आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवै मूल्यमा तीब्र गिरावट आएको छ । महिनाको पहिलो कारोबारको दिन समेत रहेको शुक्रबार सुनको मूल्यमा अधिकतम एक हजार ४०० रुपैयाँले गिरावट आउँदै ८९ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यता चाँदीको मूल्य समेत आज तोलामा ३० रुपैयाँले सस्तिँदै एक हजार १७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।



यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै सस्तिँदै ८८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।