हुँदा – हुँदा पानीको बोतलमा समेत ओलीको फोटो

  • Published Date : २०७८ आश्विन १५, शुक्रबार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको छ।

तीन दिनसम्म चल्ने यो महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका छन्। महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन। उनको फोटो स्ट्यान्डको रुपमा राखिएको छ।



साथै, उनका फोटोहरु पनि राखिएका छन। कतिसम्म भने, कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको छ।

त्यसो त, महाधिवेशनलाई लक्षित गरेर काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन।