मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि एनआरएनएको १० औं निर्वाचन स्थगित

  • Published Date : २०७८ आश्विन २५, सोमबार
  • nepaltale.com

काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं निर्वाचन तथा विश्व सम्मेलन स्थगित भएको छ।

परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि सम्मेलन स्थगित भएको संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन्।



संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो।

संघका प्रवक्ता डिबी क्षेत्रीले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरिएको बताए।

क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन्।