कांग्रेस महाधिवेशन: जिल्ला सभापतिहरूमा देउवा पक्षकै वर्चश्व

  • Published Date : २०७८ आश्विन ३०, शनिबार
  • nepaltale.com

काठमाडौं। अधिवेशन सम्पन्न १३ जिल्लामध्ये सात जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ । यस्तै, पाँच जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन् ।

१४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका कांग्रेस सभापति शेरवहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनत गरिरहेका छन् ।



दशैंअघि हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजनाअनुसार शुक्रबारसम्म १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

हिमाली जिल्ला २१ मध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, हुम्ला, मुगु, जुम्ला, बाजुरा र बझाङमा जिल्ला अधिवेशन अघि बढेको थियो ।

जसमध्ये जुम्लामा शुक्रवार अवेरसम्म निर्वाचन प्रक्रियामा गइसकेको छैन । हिमाली जिल्लामध्ये डोल्पा, सोलुखुम्वु, रसुवा, मयाग्दी लगायतका जिल्लाहरुमा अधिवेशन हुन सकेको छैन ।