न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने

  • Published Date : २०७८ कार्तिक ३, बुधबार
  • nepaltale.com

काठमाडौं। न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ ।

आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ बाँडफाँडको अनुमति माग्दै पत्र पठाइसकेको छ ।



बोर्डबाट स्वीकृत आएपछि क्यापिटलले शुक्रबार बाँडफाँड गर्ने तयारी थालेको हो ।

न्यादीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित २२ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।