एमालेका ८ सांसदसहित २० सांसदहरुको पदावधि सकिँदै, अरू कुन पार्टीका कति ? (सूचीसहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक ८, सोमबार
  • nepaltale.com

काठमाडौं। राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिदैछ । यसै वर्षको २० फागुनमा उनीहरुको पदावधि सकिन लागेको हो ।

रिक्त हुनलागेको पदको चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेको छ । अबको तीन महिनाभित्र रिक्त हुने पदमा चुनाव भइसक्नुपर्नेछ ।

रिक्त पदमा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित एक छन् ।

२०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो । त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो । पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् ।

दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् ।

एमाले:
परशुराम मेघी गुरुङ
कोमल वली
सुमनराज प्याकुरेल
कविता बोगटी
चक्र स्नेही
नैनकला ओझा
रामलखन चमार
अगम वान्तवा राई

माओवादी केन्द्र:
दीनानाथ शर्मा
शशिकला दाहाल
जीवन बुढा
खिमकुमार विक

एकीकृत समाजवादी:
ठगेन्द्रप्रसाद पुरी
शेरबहादुर कुँवर
उदया शर्मा पौडेल
शान्तिकुमारी अधिकारी

कांग्रेस
राधेश्याम अधिकारी
दीर्घनारायण पाण्डे
तारादेवी भट्ट

मनोनित:
रामनारायण बिडारी