कुवेतमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८४ जना पुगेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ।
यसअघि कुवेतमा ७५ जना नेपालीमा सङ्क्रमण देखिएको थियो। थप ९ जना नेपालीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८४ पुगेको हो।
सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ।