युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

  • प्रकाशित मिति : २०७८ फाल्गुन २३, सोमबार
  • नेपाल टेल

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।

‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए।



मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्मा ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ।

रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमा सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको हो।

अझै पनि केही नेपालीहरु युक्रनेको युद्वग्रस्त क्षेत्रमा रहेको जनाइएको छ।