नेप्सेले गर्‍यो सूचीकृत कम्पनीहरूलाई पाँच समूहमा वर्गीकरण (सूचीसहित)

  • प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार
  • नेपाल टेल

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । नेप्सेले आज सूचना जारी गर्दै माघ ८ देखि फागुन २३ गतेसम्म नेप्सेमा सूचीकृत भएका कम्पनीहरूको वर्गीकरण गरेको जानकारी दिएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरूबाट प्राप्त विवरणअनुसार वर्णानुक्रम संलग्न लिष्ट बमोजिम वर्गिकरण गरिएको नेप्सेको भनाइ छ । वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु÷नपर्ने कारणसहित पैँतीस (३५) दिनको म्याद भित्र दाबीसहितको आवेदन गर्न समेत नेप्सेले जानकारी दिएको छ ।



नेप्सेको पछिल्लो वर्गीकरणअनुसार सूचीकृत कम्पनीहरू ‘ए’, ‘बी’, ‘जी’, जेड र अन्य समूहमा वर्गीकृत भएका छन् ।