डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुँदै, परे नपरेको यसरी थाहा पाउनुहोस्

  • प्रकाशित मिति : २०७९ बैशाख २४, शनिबार
  • nepaltale.com

काठमाडौं। अमेरिकाले सन् २०२१ को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ।

डिभीको नतिजा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ।

तपाइँले आफ्नो डिभी परेको छ या छैन भनेर यो https://dvprogram.state.gov वेबसाइटमा गएर थाहा पाउनु सक्नुहुन्छ।

डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ।

डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन।