प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, गणतन्त्र दिवसको दिन भाेलि बजेट प्रस्तुत गर्ने तयारी

  • प्रकाशित मिति : २०७९ जेष्ठ १४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा शुक्रवार नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन पाएन ।



आउँदा आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।

यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुहुनेछ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था छ ।