प्रेमिकासँग कहिलै नसोध्नुहोस् यी कुरा, नत्र पर्ला भारी

  • प्रकाशित मिति : २०७७ बैशाख २४, बुधबार
  • nepaltale.com

एजेन्सी । विभिन्न ग्रन्थमा आपसी व्यवहार र संवादको नियमका बारेमा बताइएको छ। यो नियमले समाजमा सभ्यता, शानीनता र मर्यादा बनाइराख्ने गर्दछ। हरेक देशमा सामाजिक संस्कारका केही नियम हुने गर्दछन्। यदी कसैले जानी नजानी यी नियमको पालना गर्दैन् भने उचित मानिदैन्। यी सामाजिक संस्कारका महत्वपूर्ण अंग मानिन्छन्। यी केही पुरुषसँग जोडिएका हुन्छन् भने केही महिलासँग जोडिएका हुन्छन्। सामान्य रुपमा जापानमा कुनै पुरुषसँग उसको कमाईका बारेमा सोधिदैन्। त्यहाँ यसलाई सामाजिक शिष्टाचार विरुद्ध मानिने गरिन्छ। यसै प्रकार विभिन्न देशमा महिलासँग केही सवाल सोधिदैन्। खासगरी महिला मित्रसँग यो सवाल गरिदैन्। आज हामी तपाईलाई महिलासँग सोध्न नहुने केही कुराका बारेमा जानकारी दिदैछौँ।

१) कुनै पनि महिलासँग उसको केटासाथी वा उनीहरुको संख्याका बारेमा सोध्नु हुँदैन्। विश्वास गर्नुहोस्, यो कुराले तपाईको सम्बन्धमा चिसो पना आउने गर्दछ। महिलाले यो कुरा कहिलै मन पराउँदैनन्।

२) वजन कम हुनु वा बढ्नु शरीरको स्वास्थ्य र खानपानमा निर्भर रहन्छ। त्यसैले कुनै महिलासँग वजनका बारेमा नसोध्नुहोस्। उनीहरुसँग तिमीले किन वजन घटाउने प्रयास नगरेको, हिष्ट पुष्ट देखिन के खाने गछौँ भन्ने जस्ता प्रश्न महिलासँग नगर्नुहोस्। यो कुरा महिलालाई मन पर्दैन्।

३) कुनै पनि महिलाले आफ्नो पहिरण, श्रृगार, रुपरंगमाथि टिप्पनी गरेको मन पराउँदैनन्। यदी तपाईलाई उसको पहिरन राम्रो लागेको छैन् भने त्यो कुरा नभन्नुहोस्।

४) कुराकानीका क्रममा कहिलै पनि आफ्नो पूर्व प्रेमिकाको किस्साका बारेमा नसुनाउनुहोस्। र उनीहरुसँग कुनै महिलालाई आकर्षक देखिन के गर्नु पर्छ भन्ने कुरा कहिलै नसोध्नुहोस्। यसले तपाईको सम्बन्धमा चिसोपना ल्याउने गर्दछ।