एनआरएन युकेको वार्षिक साधारणसभा अगष्ट ६ मा हुने : उपस्थितिकालागि अनुरोध

  • प्रकाशित मिति : २०७९ असार ५, आईतवार
  • nepaltale.com

लण्डन । गैर आवासीय नेपाली सघं (एनआरएनए) युकेको वार्षिक साधारण सभा अगष्ट ६ तारिखमा हुने भएको छ । दशौँ कार्यसमिति निर्वाचित एवम् जिम्मेवारी पाएको १ वर्ष पुगेको अवसरमा वार्षिक साधारण सभा गर्न लागिएको हो ।

एम्पायर हल, अल्डर्शटमा आउँदो ६ अगस्ट २०२२ मा कार्यक्रम आयोजना गरिएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले एक सुचना जारी गर्दै जानकारी गराएका छन् । कुनै पनि सघं संस्था सञ्चालनमा साधारणसभा महत्वपूणर् पाटो भएको भन्दै गाहाले कार्यक्रममा उपस्थितिका लागि सबैसगं अनुरोध गरेका छन् ।

एनआरएनएको चुनौतिपूणर् घडीमा वार्षिक साधारणसभालाई विशेष प्राथमिकता दिएर उत्साहजनक सहभागी सुझाव सल्लाह दिन समेत उनले सबैसगं अनुरोध गरेका छन् । सुचना मार्फत गाहाले उक्त दिन अन्य कुनै कार्यक्रम आयोजना नगरिदिन पनि आग्रह गरेका छन् ।

यस्तो छ सुचना

गैर आवासीय नेपाली संघ बेलायतको वार्षिक साधारणसभामा सहभागिताका लागि सादर निमन्त्रणा 

गैरआवासीय नेपाली संघ यूकेको दशौँ कार्यसमितिको नया जिम्मेवारी हस्तान्तरण गरेको ठिक एक वर्ष पुगेको अवसरमा आयोजित बार्षिक साधारण सभामा गैर आवासीय नेपाली संघ बेलायतका समस्त पन्जिकृत सदस्यहरु, बेलायतस्थित सबै संघसंस्थाका अध्यक्षज्युहरु तथा प्रतिनिधि ज्यूहरु, गैर आवासीय नेपाली संघ आइसीसीका पूर्व अध्यक्षहरु, प्राध्यापक डा. सूर्य सुबेदी (क्यूसी, ओबीइ), गैर आवासीय नेपाली संघ बेलायतका सल्लाहकारहरु, प्रमुख संरक्षक, गैर आवासीय नेपाली संघ बेलायतका पूर्व संरक्षक तथा पूर्व अध्यक्षहरु, बेलायतका काउन्सिलरज्यूहरु, बेलायतका नेपाली योग्य तथा विज्ञ व्यक्तितित्वज्यु हरु , खेलकुद सम्बन्धि नेपाली संघसंस्थाहरु, गैर आवासीय नेपाली संघ बेलायतका विभिन्न विभागीय संयोजकहरु, भूतपूर्व गोर्खा संगठनहरु, विगत १९ बर्षदेखि संघलाई योगदान गर्नुभएका व्यक्तित्वहरु तथा शुभचिन्तकज्युहरु, अग्रज अभियन्ताहरु, कानुन व्यवसायी, इन्जिनियर, पत्रकार साथीहरु, नेपाली सेफ एसोसिएसन यूकेका प्रातिनिधिज्यूहरु, नेपाली डक्टर्स एसोसिएसन यूके, नेपलिज नर्सिङ एसोसिएसन यूके, नेपाल पत्रकार महासंघ यूके, नेपलिज विजनेश फोरम यूके, नेपाली अकाउन्टेन्टहरु, नेपलिज युथ यूके र सबै युवा साथीहरु, इङल्यान्ड, वेल्स, नर्दर्न आयरल्यान्ड र स्कटल्यान्ड राज्य परिसदका साथीहरुमा मेरो नमस्कार !

गैर आवासीय नेपाली संघ बेलायतको वार्षिक साधारणसभा दशौंकार्यसमितिले जिम्मेवारी लिएको ठिक एकह बर्ष ( ३६५ दिन ) पुरा गरेको अवसरमा आउँदो ६ अगस्ट २०२२, बिहान १० बजेदेखि शुरु हुन गइरहेको सर्वविदितै छ ।

कुनै पनि संघसंस्था संचालनमा साधारणसभा एउटा महत्वपूर्ण पाटो हुने भएकाले म यसमा सबैको उत्साहजनक सहभागिता र सुझाव सल्लाहको अपेक्षा गर्दछु ।

गैर आवासीय नेपाली संघ बेलायतको वर्तमान चुनौतिपूर्ण घडीमा आसन्न वार्षिक साधारणसभालाई विशेस प्राथमिकता दिएर सहभागी भइदिनु हुन म सादर निमन्त्रणा गर्न चाहन्छु ।

नोट: त्यस दिन कुनै पनि कार्यक्रम नजुधाइदिन पनि सबै संघसंस्थामा विनम्र अनुरोध गर्दछु ।

कार्यक्रम हुने स्थान:
स्थान: एम्पायर हल, अल्डर्शट
मिति:०६ अगस्ट २०२२
समय:बिहान १० बजे देखि।

(कार्यक्रममा लन्च/ डिनर व्यवस्था गरिनेछ)

प्रेम गाहा मगर
अध्यक्ष
गैरआवासीय नेपाली संघ यूके