कोरोनाको त्रासका बीच जापानमा ५.१ म्याग्निच्युडको भूकम्प

  • प्रकाशित मिति : २०७७ बैशाख २४, बुधबार
  • nepaltale.com

विश्वभर कोरोना महामारी फैलिरहेका बेला जापानमा भूकम्पको धक्का भएको छ। जापानको इचिहारामा मंगलबार ४ बजेर ५७ मिटेनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पको केन्द्र ६९.०४ किलोमिटरको गहिराईमा रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ। भूकम्पको झड्का महशुस गरिएपनि सुनामीको कुनै सम्भावना नभएको जनाइएको छ।